
काठमाण्डौ,जेठ २१
सुनचाँदीको भाउ आज घटेको छ । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैया र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा झरेको हो । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।