
काठमाण्डौ,जेठ २०
फिफा विश्वकप र एएफसी एसियन कप को संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्धको खेलमा नेपाल विजयी भएको छ । वुधवार राती कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपालको तर्फवाट पहिलो गोल खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनान्टी मार्फत गरेका हुन भने दोस्रो गोल नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गरेका हुन् । नेपालले अव बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।