रत्ननगर,जेठ २०
नेपाल तरुणदल रत्ननगरले गुरुकुलमा अध्यनरत विद्यार्थीका लागी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रत्ननगर १ स्थित हरिहर मन्दिर अन्तर्गत रहेको गायत्री गुरुकुलम वेद वेदाङ पाठशालामा अध्ययनरत छात्रहरुका लागि सो सामग्री प्रदान गरेको । कोभिडका कारण चितवनमा लक डाउन थपिए संगै विद्यार्थीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै मास्क ,सेनिटाईजर ,साबुन लगाएतको सामग्री हस्तान्तरण गरिएको तरुणदल नगर अध्यक्ष राजु लामाले बताए । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नेमराज पौडेल र पाठशालाका अध्यक्ष निलकण्ठ पौडेल एवम् पाठशालामा अध्ययनरत छात्रहरुको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । ब्यबस्थापन समितिका अध्यक्ष पौडेलले तरुणदलको सेवा भाव अनुकरणीय भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।पाठशालामा हाल ७० जना छात्रहरु अध्ययनरत छन् ।