पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

June 3, 2021 5:29 pm

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज पाँच हजार ९०४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा अहिले सम्म पाँच लाख ७६ हजार ९३६ जना संक्रमित भएकोमा चार लाख ६७ हजार ४७६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।