माधव नेपाल पक्षको अवैधानिक र गैरकानूनी बैठकमा सहभागी नहुनु : एमाले

June 3, 2021 9:33 am

काठमाडौं,जेठ २०
माधव नेपाल समुहले बोलाएको बैठक अवैधानिक भएको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले प्रेस वक्तव्य प्रकाशित गरी पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाएका छन् । प्रेस वक्तव्यमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गरिएको छ । ।