चितवनमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु

June 2, 2021 4:16 pm

चितवन,जेठ १९
चितवनमा आज एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा सवैभन्दा धेरै ११ जना , कलेज अफ मेडिकल साइन्सेसमा ४ जना र भरतपुर अस्पतालमा २ जना गरि १७ जनाको ज्यान गएको हो । चितवनमा मृत्यु हुनै सवै जना चितवन जिल्ला वाहीरका रहेको छन् । मृत्यु हुने सवैभन्दा धेरै नवलपरासी जिल्लाका ६ जना छन् भने वाँकी अन्य जिल्लाका रहेका छन् ।