
चितवनमा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकामा ५७ जना,खैरहनी नगरपालिकामा १३ जना,माडी नगरपालिकामा ४ जना ,रत्ननगर नगरपालिकामा ४ जना,राप्ती नगरपालिकामा १३ जना कालिका नगरपालिकामा १ जना र इच्छाकामना गाउँपालिकामा ३ जना गरि ९५ जनामा कोराना पुष्टि भएको हो । चितवनमा अहिले सम्म १३ हजार ९ सय ८२ जना कोरोना संक्रमित भएकोमा ९ हजार १ सय ५६ जना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ४ हजार ६ सय ५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२१ रहेको छ ।