चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा

June 2, 2021 12:04 pm

चितवन,जेठ १९
चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जेठ २७ सम्म गर्ने निर्णय भएको हो । जिल्लामा अझै पनि कोरोनाका विरामी नघटेको र निशेधाज्ञा खुल्दा कोरोना नियन्त्रण गर्न कठिनाई हुने भएकोले निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि वुधबार राति १२ वजेसम्म थियो ।