चितवनमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

June 1, 2021 6:34 pm

चितवनमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ३ जना,भरतपुर अस्पतालमा २ जना र अन्य अस्पतालमा १ जना गरि ६ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १३ हजार ८ सय ८९ जना कोरोना संक्रमित भएकोमा ८ हजार ८ सय २४ जना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ४ हजार ८ सय ४५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२१ रहेको छ ।