खैरहनीका ४५ घरधुरीलाई खाद्य सामग्री सहयोग

June 1, 2021 10:01 am

चितवन,जेठ १८
राष्ट्रिय शक्ति नेपाल खैरहनी र मोर्डन ग्रुपका भुतपुर्ण विद्यार्थिहरुले कोरोना महामारीको दोस्रो लहरका कारण समस्यामा परेका ४५ घरधुरीलाई खाद्य सामग्री सहयोग गरेको छ । खैरहनी नगरपालिका वडा नम्वर तिन,आठ र तेह्र का अतिविपन्न ,अशक्त र अपाङ्गता भएकाहरुलाई सोमबार खाद्य सामग्री सहयोग गरीएको हो ।

राष्ट्रिय शक्ति नेपाल र मोर्डन ग्रुपका भुतपुर्ण विद्यार्थिहरुको सहकार्यमा ४५ घरधुरीलाई चामल,दाल,नुन,तेल लगायतको खाद्य सामग्री सहयोग गरिएको राष्ट्रिय शक्ति नेपाल खैरहनी नगर कमिटीका सदस्य बिकाश उप्रेतीले जानकारी दिए । खाद्य सामग्री सहयोग कार्यक्रममा राष्ट्रिय शक्ति नेपाल खैरहनीका नगर अध्यक्ष यादब पुन,जिल्ला सचिव विशाल डल्लाकोटी,कोषाध्यक्ष विराज चौधरी लगायतको उपस्थिती रहेको थियो ।

यस्तै टोलीले नै करिव एक महिनादेखी नारायणी नदि किनारमा दैनिक खाना खान समस्या परेका ब्यक्तीलाई खाना खुवाउदै आएकी सीता कुँवर लाई ६ बोरा चामल , नुन, तेल ताजा तरकारी लगायतको खाद्य सामग्री सहयोग गरेकोे नगर कमिटी सदस्य उप्रेतीले जानकारी दिए ।