युएईले नेपाललाई भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री सहयोग गर्ने

June 1, 2021 9:45 am

युएई सरकारले नेपाललाई भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र युएईका परराष्ट्र मामिला तथा अन्र्तराष्ट्रिय सहायता मन्त्रालयका राज्यमन्त्री अहमद बिन अलि विच भएको भर्चुअल वैठकमा युएईले स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी दिएको हो ।

नेपाली दुतावास युएईले दिएको जानकारी अनुसार युएई सरकारले नेपाललाई छिट्टै भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री विशेष विमान मार्फत नेपाल पठाउन लागेको हो । वैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले युएईले नेपाललाई कठिन समयमा सदैव सहयोग गर्दै आएको स्मरण गर्दै युएईमा रहेका नेपाली समुदायलाई उपलब्ध गराउदै आएको सहयोगको लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

युएई सरकारले गत वर्ष पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।