पटक-पटक संसद विघटनले संविधानको जीवनकै क्षती हुन्छ :पूर्वप्रदेश प्रमुख

May 31, 2021 12:33 pm

काठमाडौं
पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा प्रतिनिधिसभा पटक(पटक विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन ।

प्रदेश १ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर खनालले संयुक्त विज्ञप्ति जारी गरी सरकारको कदमको विरोध गरेका हुन।