अग्रवाल परिवारद्वारा ५० घर विपन्न तथा मजदुरलाई खाद्यान्न सहयोग

May 31, 2021 6:30 pm

चितवन : समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेका छन् । भरतपुर-१, चिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो ।

लडकडाउनका ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान बेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उनीहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिए ।

विगतमा समेत विभिन्न ठाउँका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपवाएका कारण समस्यामा देखिपछि यो पटकसमेत आफूहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिए । सो अवसरमा चामल, सोयाविन मस्यौरा, दाल, तेल, चाउचाउ, विष्कुट र भुजा लगायतका खाद्य सामाग्री सहयोग गरिएको थियो ।

लकडाउनको मारमा परेका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले आफूहरुको विगतदेखिको परम्परालाई निरन्तरता दिँदै गरिएको सहयोगले विपन्नमा खुसी छाएको युवा व्यवसायी समेत रहेका समाजसेवी चन्दन अग्रवालले बताए ।

‘अब लकडाउनकै कारण हाम्रो आसपास कसैले पनि भोकभोकै बस्नुपर्ने छैन,’ उनले भने, ‘विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरलाई आवश्यकताको पहिचान गरेर खाद्यान्न उपलब्ध गराएका छौँ।’ यसमा सबै मिलि सक्नेले नसक्नेलई सहयोग गर्नुपर्छ ।

उनकै छोरा व्यवसायी चन्दन अग्रवालले बाँदर र गाईलाई समेत नियमित खाना खुवाउँदै आएका छन् । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई समेत उनीहरुले नियमित खाना खुवाइरहेका छन् । राहत वितरणमा रन्जन अग्रवालसहित उहाँहरुको परिवारमा नै सरिक थियो । राहत पाएसगैँ स्थानियले आफ्नो छिमेकी भएर बसेका व्यवसायी अग्रवाल परिवारले गरेको सहयोगप्रति खुसी हुदै आभार व्यक्त गरेका थिए । अग्रवा परिवारले सञ्चालन गरेको उमाशंकर ट्रष्टद्वारा बागेश्वरीमा गौ धर्मशाला र केदारनाथ गीतादेवी आश्रमसमेत रहेको छ ।