पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

May 31, 2021 6:12 pm

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७३८६ पुगेको छ ।