चितवनमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

May 31, 2021 3:42 pm

चितवनमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ४ जना,भरतपुर अस्पतालमा १ जना र कलेज अफ मेडिकल साइन्सेसमा १ जना गरि ६ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १३ हजार ७ सय १६ जना कोरोना संक्रमित भएकोमा ८ हजार ६ सय ४० जना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ४ हजार ८ सय ५७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २१९ रहेको छ ।