पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

May 30, 2021 7:22 pm

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । आइतबारसम्म देशभर १ लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७२७२ पुगेको छ ।