चितवन,जेठ १६
सामुदायिक सहयोग केन्द्र रत्ननगरले कालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइतवार सहयोग केन्द्रले ५० थान पिपिइ सेट, दुई हजार ५०० पिस मेडिकल मास्क, २५ लिटर सेनिटाइजर , एन ९५ मास्क २५० पिस र ग्लोब्स २० थान कालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै नगर प्रमुख श्रेष्ठले सवैले हातेमालो गरेर कोरोना नियन्त्रण गर्नुपर्ने वताउदै महामारीको यो समयमा अस्पताललाई अत्यावश्यक सामग्री उपलब्ध गराएकोमा सामुदायिक सहयोग केन्द्रलाई धन्यवाद दिए ।
कालिका नगरपालिकाले कोरोना संक्रमित विरामीलाई अस्पतालमै आइसोलेसनको ब्यवस्था गरेर उपचार गराइराखेको छ । कालिका नगरपालिकामा अहिले सम्म ४१० जना संक्रमित भएकोमा २१७ जना कोरोना मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।