चितवनमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

May 30, 2021 4:46 pm

चितवनमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना , चितवन मेडिकल कलेजमा २ जना ,कलेज अफ मेडिकल साइन्सेसमा २ जना र होम आइसोलेसनमा १ जना गरि ८ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज थप ५९ जनामा कोरोना पुष्टि भएको छ । चितवनमा अहिले सम्म १३ हजार ५ सय २८ जना कोरोना संक्रमित भएकोमा ८ हजार ४ सय ९२ जना संक्रमण वाट मुक्त भएका छन् भने सक्रिय संक्रमित ४ हजार ८ सय १८ जना रहेका छन् । चितवनमा अहिले सम्म मृत्यु हुनेको संख्या २१८ रहेको छ ।