इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

May 30, 2021 12:13 am

काठमाण्डौ,जेठ १६
शनिवार राति भएको इराकसंगको मैत्रिपुर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । शुरुवात मा केही राम्रो लयमा देखीएको नेपालले पछि भने खेलमा फर्कन नसक्दा लगातार गोल खादै फराकिलो गोल अन्तरले पराजित भएको हो । एक समय २–१ गोलले अग्रता लिएको नेपालले त्यसपछि भने कुनै गोल गर्न सकेन । यसअघि नेपालले इराकसँग तीन पटक खेलेको थियो र तीनै पटक इराक विजयी भएको थियो । सन् १९८२ मा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।