महन्थ ठाकुरसहित जसपाका चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग

May 29, 2021 4:00 pm

काठमाडौं
जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।