चितवनमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

May 29, 2021 3:14 pm

चितवनमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा २ जना र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ३ जनाको ज्यान गएको हो । मृत्यु हुने तिनै जना जिल्ला वाहीरका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज थप १०६ जनामा कोरोना पुष्टि भएको छ । चितवनमा अहिले सम्म १३ हजार ४ सय ७१ जना कोरोना संक्रमित भएकोमा ८ हजार ३ सय ५४ जना संक्रमण वाट मुक्त भएका छन् भने सक्रिय संक्रमित ४ हजार ९ सय ३ जना रहेका छन् । चितवनमा अहिले सम्म मृत्यु हुनेको संख्या २१४ रहेको छ ।