नेपालले आज इराकसंग मैत्रीपूर्ण फुटबल खेल खेल्दै

May 29, 2021 10:13 am

काठमाण्डौ,जेठ १५
नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ ।
विश्वकप छनोटको तयारीमा रहेका नेपालले फिफा वरीयतामा नेपालभन्दा निक्कै माथि रहेको इराकसंग फुटबल खेल खेल्न लागेको हो । नेपाललाई आजको खेल जित्न निकै चुनौतीपूर्ण देखिन्छ । फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । नेपालले अहिलेसम्म इराकसँग ३ वटा खेल खेलेकामा सबै खेल इराकले नै जितेको छ ।