पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त

May 28, 2021 4:11 pm

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन भने ९६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । शुक्रवारसम्म देशभर १ लाख १३ हजार ३४९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७०४७ पुगेको छ