चितवनमा आज कोरोनाबाट १० जनाको मृत्यु

May 28, 2021 2:09 pm

चितवन,जेठ १४
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु भएको छ भने १४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ५ जना,कलेज अफ मेडिकल साइन्सेसमा ३ जना,भरतपुर अस्पतालमा १ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरी १० जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा आज ३५ जना कोरोनावाट मुक्त भएका छन् । चितवनमा अहिले सम्म १३ हजार ३ सय ४६ जना कोरोना संक्रमित भएकोमा ८ हजार १ सय ९७ जना निको भएर घर फर्किएका छन् ।