आइसियु र भेन्टीलेटर राख्न बकुलहर रत्ननगर अस्पताललाई ३ करोड

May 28, 2021 11:06 am

रत्ननगर,जेठ १४
बकुलहर रत्ननगर अस्पतालमा आइसियु र भेन्टीलेटर राख्नका लागि तिन करोड रुपैया स्विकृत भएको छ । अर्थ मन्त्रालयले अस्पताललाई ५ वटा आइसियु र २ थान भेन्टीलेटरका लागी तिन करोड रुपैया स्विकृत गरेको हो । रत्ननगर नगरपालिका र अस्पतालले जेठ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै सामाग्री उपलब्ध गराईदिन अुनुरोध गरेको थियो ।

नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रालयले रकम स्विकृत गरेको जानकारी दिदैं यसले पूर्वि चितवनका जनताको स्वास्थ्य अवस्थामा ठुलो सघाउ पुग्ने विश्वास ब्यक्त गरे । पाण्डेले पनि अस्पतालले माग गरे अनुसार आवश्यक सामाग्री उपलब्ध उपलब्ध गराइदिन जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका थिए ।

रत्ननगर बकुलहर अस्पतालले पुर्वि चितवनका चार नगरपालिका रत्ननगर,खैरहनी,कालिका र राप्ती नगरपालिकाका करिव ६०० जनालाई दैनिक उपचार सेवा पुर्याइरहेको छ ।