पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

May 27, 2021 4:40 pm

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन् । विहिवारसम्म देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६९५१ पुगेको छ ।