
पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ४५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । वुधबारसम्म देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६८४५ पुगेको छ ।