चितवनमा एकैदिन १४ संक्रमितको मृत्यु

May 26, 2021 3:02 pm

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ भने २०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,चितवन मेडीकल कलेजमा ५ जना,भरतपुर अस्पतालमा ३ जना, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना र होम आइसोलसनमा १ जना गरी १४ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १३ हजार १६५ जना संक्रमित भएकोमा ८ हजार २९ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या २१० पुगेको छ ।