सपना भिलेजद्धारा पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री

May 26, 2021 1:32 pm

जेठ १२,रत्ननगर
पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले मंगलबार संघलाई माक्स, सेनिटाइजर र फेसशिल्ड प्रदान गरेको हो । कोरोना नियन्त्रण र संक्रमितको उपचारको लागि स्थानीय सरकार र अस्पतालहरुलाई सहयोग गरिरहेको इम्प्याक्टले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । इम्प्याक्टको कार्यालय सौराहामा आयोजित कार्यक्रममा अध्यक्ष ध्रुव गिरीले संघका अध्यक्ष होमनाथ सापकोटालाई सामाग्री हस्तान्तरण गरेका हुन । सो अबसरमा इम्प्याक्टका अध्यक्ष गिरीले समाजलाई सुसुचित गर्ने पत्रकार जगतले महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाले उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए । उनले कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमित विरामीको उपचारको लागि भरतपुर अस्पताल,इच्छाकामना गाउँपालिका र रत्ननगर अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग तथा रत्ननगरमा कोरोना संक्रमित विरामीलाई अस्पताल सम्म लैजान बोलेरोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएको जानकारी दिए । सामाग्री हस्तान्तरण कार्यक्रममा संघका सचिव ध्रुवराज खनाल,पत्रकार लक्ष्मण सापकोटाको पनि सहभागिता रहेको थियो ।