पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ को ज्यान गयो

May 25, 2021 6:33 pm

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ६९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । सोमाबारसम्म देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६४०४ पुगेको छ ।