चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

May 25, 2021 5:07 pm

चितवन, जेठ ११
चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । सोमबार मृत्यु हुनेको संख्या १९९ रहेकोमा मंगलबार थप ७ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०६ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुने सवै भन्दा धेरै भरतपुर महानगरपालिकामा १३१ रहेको छ । त्यस्तै रत्ननगर नगरपालिकामा २४,राप्ती नगरपालिकामा १८,कालिका नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ११,माडी नगरपालिकामा ७ र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन जिल्लामा अहिले सम्म १२ हजार ९ सय ७५ कोरोना संक्रमित भएकोमा ७ हजार ९ सय ३५ जना निको भएर घर फर्किसकेका छन् । जिल्लामा अहिले ४ हजार ८ सय ३४ जना सक्रिय संक्रमित रहेको छन् । जिल्लामा मंगलबार १०६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।