सन्दीपले ट्रिनवागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

May 25, 2021 4:45 pm

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा ट्रिनवागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । लामीछानेले मंगलबार सामाजीक संजाल मार्फत आफु ट्रिनवागोबाट खेल्ने लागेको जानकारी दिएका हुन् । ट्रिनवागोले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई रिटेन गरिसकेको छ । जसमा स्पीनरहरु सुनिल नारिन, अखिल हुसेन र ख्यारी पिएरे पनि छन् । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ ।