सेभ द माइन्ड नेपालद्धारा प्रेस चौतारी चितवन शाखालाई स्वास्थ्य सामग्री

May 25, 2021 4:35 pm

सेभ द माइन्ड नेपालले प्रेस चौतारी चितवन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार प्रेस चौतारीको कार्यलयमा नै पुगेर संस्थाले चौतारीका सह-अध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कोरोनाको जोखिममा फिल्डमा खटिएर काम गर्नु पर्ने भएकाले स्वास्थ्य सामग्री आवश्यक हुने भन्दै चौतारी मार्फत चितवनका पत्रकारहरुलाइ वितरण गर्न सामग्री सहयोग गरेको संस्थाकी अध्यक्ष पुजा भुषालले जानकारी दिइन । भुषालले सञ्चारकर्मी सुरक्षित भए घरमै बसेर नि सुसूचित हुन सकिने बताउदै ४० थान पन्जा र ४० बट्टा मास्क हस्तान्तरण गरेकी हुन् । नेपाल बोटल वाटर उद्योग संघको अध्यक्ष केशव घिमिरे, मकाउबाट सुदर्सन थापा र अमेरिका बाट राजिव श्रेष्ठले संस्थालाई पठाएको रकमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताउदै भुषालले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरिन। सामग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी चितवनका सह-अध्यक्ष कृष्ण आचार्यले कोभिडको समयमा पत्रकार जोखिम ठाउँमा पनि जानुपर्ने भएकोले स्वास्थ्य सामग्री अति आवश्यक रहेको बताउदै सस्थांले गरेको सहयोग प्रती आभार व्यक्त गर्दै सस्थांलाइ र सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।चौतारीले जिल्लाका कृयाशिल सबै पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेभ द माइन्ड नेपालका सदस्यहरु र प्रेस चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।