तरुण दलले जिल्ला समितिलाई भन्यो – सहकार्य गरेर संघर्षको कार्यक्रम गर्नू

May 25, 2021 1:17 pm

काठमाडौं ।
नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघषका कार्र्य गर्न तरुण दलले निर्देशन दिएको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जिल््ला कमिटीलाई परिपत्र गर्दै विपक्षी गठबन्धनका युवा संगठनहरुसँग मिलेर संघर्ष गर्न भनेका हुन ।

यसअघि उनीहरुले संयुक्त विज्ञप्ति निकालेर संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएका छन् ।