
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ८५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । सोमाबारसम्म देशभर १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६५३१ पुगेको छ ।