काठमाडौं,जेठ १०
नेकपा एमालेले माधवकुमार नेपाल सहित ११ नेतालाई निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल नेपाल सहित झलनाथ खनाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।