युथ क्लब नारायणगढद्वारा प्रेस चौतारीलाइ स्वास्थ्य सामग्री सहयोग

May 24, 2021 4:38 pm

चितवन १० जेठ : युथ क्लब नारायणगढले प्रेस चैतारी नेपाल चितवनलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोनाको जोखिममा फिल्डमा खटिएर काम गर्नु पर्ने भएकाले स्वास्थ्य सामग्री आवस्यक हुने भन्दै चौतारी मार्फत चितवनका पत्रकारहरुलाइ वितरण गर्न सामग्री सहयोग गरेको हो । मास्क, स्यानिटाइजर सामग्री सहयोग गरेको क्लबका उपाध्यक्ष तथा वितरण कार्यक्रमका सयोजक शालिग्राम नेपालले जानकारी दिनु भयो ।

क्लबले पत्रकारहरुलाइ विगतका दिनमा पनि साथ सहयोग गर्दै आएकाले आउदा दिनमा पनि आवस्यक सहयोग गर्ने उपाध्यक्ष नेपालले जानकारी दिनु भयो । सस्थाले पत्रकारको हरेक अभियानमा साथ दिने क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले बताउनु भयो । क्लबले सडक बालबालिका, बाल मजदुर, सामाजिक अभियानमा विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको श्रेष्ठले जानकारी दिनु भयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जोखिमको समयमा पत्रकारलाइ सम्झेर सहयोग गर्ने क्लबलाइ हार्दिक धन्यवाद दिनु भयो । कोभिडको समयमा अन्य क्षेत्रमा पनि सहयोग गर्न सकिने अबस्था हुदा हुँदै पत्रकारलाइ रोज्नु भएकोमा चौतारीले कृतज्ञता व्यक्त गर्दछ भन्नू भयो ।

जिल्लाका कृयाशिल सबै पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गर्ने जानकारी दिनु भयो । कार्यक्रममा युथ क्लब नारायणगढका बालबालिका कार्यक्रम संयोजक रामचन्द्र आचार्य, पत्रकार महासङ चितवनका सचिव दीपेन्द्र अधिकारी, प्रेस चौतारीका नेता गोविन्द घिमिरे, मनोज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।