देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरे

May 24, 2021 2:12 pm

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका छन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्।

आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा आज रिट हाल्न जाँदै छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल समूह, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह ,राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हाल्न लागेका हुन्।

अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्।शेरबहादुर देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले रिट हाल्न लागेका हुने ।