पछिल्लो २४ घण्टामा कोरोनाको कारण १९३ जनाको ज्यान गयो

May 23, 2021 5:36 pm

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय ९३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् । शुक्रवारसम्म देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६३४६ पुगेको छ ।