बकुलहर रत्ननगर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागी अक्सिजन सहितको १० वडा सिलिन्डर हस्तान्तरण गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अस्पतालमा अक्सिजन अभाव हुन नदिन अक्सिजन सहितको १० वटा सिलिन्डर शुक्रबार हस्तान्तरण गरेको हो । खानेपानीका अध्यक्ष भीष्मराज पौडेलले रत्ननगर नगरपालीकाका नगर प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष नारायण वनलाई एक लाख ७५ हजार रुपैयाँ वरावरको सिलिन्डर हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा वोल्दै खानेपानी संस्थानका अध्यक्ष पौडेलले कोरोना संक्रमितको उपचारमा अक्सिजन कमि नहोस भनेर अक्सिजन सहितको सिलीन्डर हस्तान्तरण गरेको वताए । पौडेलले स्वास्थको क्षेत्रमा रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सधै सक्रिय रुपमा लागी परेको जानकारी दिए । सिलिन्डर हस्तान्तरण गर्दै पौडेलले कोरोना भाइरस महामारीका कारण संस्थाका उपभोक्ता समेत प्रभावित भएकोले आफ्ना उपभोक्तालाई एक महिनाको न्युनतमा महसुल छुट दिने निर्णय भएको पनि जानकारी दिए ।