रत्ननगर खानेपानीले एक महिनाको न्युनतम महशुल छुट दिने

May 23, 2021 1:01 pm

रत्ननगर जेठ ९
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक महिनाको खानेपानीको न्युनतम महशुल छुट दिने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण संस्थाका उपभोक्ता समेत प्रभावित भएकोले महसुलमा छुट दिने निर्णय गरेको हो । संस्थाद्धारा आइतवार जारी सुचनामा सम्पुर्ण उपभोक्तालाई एक महिनाको न्युनतम पानीको महशुल छुट र सो अवधिभरको महशुलमा बिलम्व शुल्क नलाग्ने पनि जनाएको छ । संस्थाका ब्यवस्थापक विश्वनाथ पौडेलद्धारा हस्ताक्षरित सुचनामा उपभोक्तालाई बक्यौता महशुल इसेवा,आईएमई पे वाट भुक्तानी गर्न पनि अनुरोध गरिएको छ ।