पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२९ को ज्यान गयो

May 22, 2021 6:57 pm

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक सय २९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् । शुक्रवारसम्म देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६१५३ पुगेको छ ।