घोषित मितिमा निर्वाचन गर्ने गरि तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

May 22, 2021 3:57 pm

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गर्ने गरि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर ओलीले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उक्त भेटमा निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको प्रधानमन्त्रीले वताए ।