चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ११ जनाको मृत्यु भएको छ भने १४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,चितवन मेडीकल कलेजमा ४ जना,भरतपुर अस्पतालमा १ जना, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना, होम आइसोलसनमा १ जना र अन्य अस्पतालमा १ जना गरी ११ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १२ हजार ६१७ जना संक्रमित भएकोमा ७ हजार ६९१ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।