विपक्षी गठबन्धनको बैठक चल्दै

May 22, 2021 1:37 pm

काठमाडौं ।
नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई सहभागी छन ।