प्रतिनिधि सभा विघटन : कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय

May 22, 2021 1:20 am

सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मध्यरातमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।