कालिका दैनिकद्धारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

May 21, 2021 7:00 pm

प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कालिका दैनिक अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । शुक्रबार प्रेस चौतारी चितवनको कार्यालयमा कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालका बामगती प्रदेश सहसंयोजक शिशिर सिंखडाले प्रेस चौतारी चितवनका जिल्ला सहअध्यक्ष कृष्ण आचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कालिका दैनिकका तर्फबाट पाँच हजार थान माक्स र १ सय वटा सेनिटाइजर सहयोग गरिएको सिंखडाले बताउनुभयो । उहाँले प्रेस चौतारीलाई आवश्यक परेका खण्डमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य सामाग्री जिल्लामा कार्यरत पत्रकारहरुलाई उपलब्ध गराइनेछ ।
प्रेस चौतारीका सहअध्यक्ष आचार्यले संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा कालिका दैनिकका निर्देशक बन्जारा र प्रेस चौतारीका बागमती प्रदेश सहसंयोजक सिंखडालाई धन्यबाद ज्ञापन गर्नुभयो । कोरोनाका कहरका बेला अंग्रपक्तिमा रहेर सुचना प्रवाह गर्ने तथा फिल्डमा खटिने पत्रकारहरुलाई पहिलो चरणमा र दोस्रो चरणमा सबै पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने आचार्यले बताउनुभयो ।

कालिका अनलाइनका निर्देशक बन्जार ग्लोबल गोर्खा समाजका कोषाध्यक्ष तथा हंङकङका सफल हेण्डीक्राफ्ट व्यवसायी हुनुहुन्छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश सदस्य तिलक रिमाल र प्रेस चौतारी चितवनका जिल्ला सदस्य गोबिन्द घिमिरेको उपस्थिति थियो ।