
रामु आचार्य
चितवन : सामान्यतया जाडोयाममा हुस्सु अर्थात कुहिरो लाग्नु कुनै नौलो विषय होइन, तर आज गर्मीयाम भनेर चिनिने जेठ महिना ग्रिष्म ऋतुको मौसम पौष माघको भन्दा कम छैन । बिहानै देखिको बाक्लो हुस्सुले सडकमा अगाडी के छ भनेर छुट्टाउन गाह्रो भएको अत्यावश्यक धानको बिउ बोकेर चितवन देखि लम्जुङ्ग यात्रा गर्दै गरेका ना ३ च ७१८६ का बोलेरो चालक बताउछन ।
जेठमा किन लाग्यो हुस्सु ?
कुहिरो एक खाले बादल हो । रातमा जमिन सेलाउदै गएपछि बिहानीपख वायुको तापक्रम घट्दै गएपछि वायुले आफ्नो गर्भ भित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ र वायुले आफ्नो पारदर्शिता गुमाउछ । सामान्यतया निरन्तर बर्षा भएका कारण यो अवस्था सिर्जना हुन्छ । हुस्सु पानीको कण भएको विज्ञहरु बताउछन ।
(तस्विर बिहान ५:१५ बजे कैद गरिएका हुन्)