नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना पुष्टि,२४६ जनाको मृत्यु

May 19, 2021 6:41 pm

काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मंगलवारसम्म देशभर १ लाख १४ हजार ३५८जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।