चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण २० जनाको मृत्यु

May 19, 2021 5:45 pm

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण २० जनाको मृत्यु भएको भने २३५ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ५ जना ,चितवन मेडीकल कलेजमा ५ जना,भरतपुर अस्पतालमा ७ जना र विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा ३ गरी २० जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १२ हजार ७२ जना संक्रमित भएकोमा ७ हजार ५०१ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या १८२ पुगेको छ ।